श्री भरत प्रसाद बिडारी

कार्यालय प्रमुख
सम्पर्क नंः ९८५४०४२२६६
पृष्ठभूमि

नेपाल एक विकासोन्मुख कृषि प्रधान मुलुक हो । यहांका वहुसंख्यक जनताहरु कृषि पेसामा आश्रित छन् । देशको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य छ । यही तथ्यलाई मध्यनजर गर्दै वहुसंख्यक कृषकहरुको जीवनस्तर उकास्नका लागि उन्नत कृषि प्रविधिहरुको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल सरकारको कृषि नीतिलाई कार्यान्वयन स्तरमा उतार्ने जिल्ला स्तरीय प्रमुख निकायको रुपमा तत्कालिन जिल्ला कृषि विकास कार्यलयको वि.सं. २०२४ सालमा स्थापना भएको थियो । शुरुका दिनहरुमा कृषि कार्यको लागि जिल्ला पंचायत र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा इकाईको रुपमा स्थापना भएपनि २०३० साल देखि बेग्लै अस्तित्व सहित कृषि विकास कार्यालयको संगठन स्वरुप अनुसार कार्य संचालन भएको देखिन्छ । कृषि विभागको पटक पटक परिर्वतन भएको सांगठनिक ढाँचा अनुसार कहिले कृषि विकास कार्यालय त कहिले कृषि शाखा हुंदै वि.सं. २०५२ सालदेखि यस कार्यालयले जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको नामबाट यस जिल्लामा कृषि क्षेत्रको विकासमा अग्रणी भुमिका निर्वाह गर्दै आईरहेको थियो । नेपालको संविधान २०७२ अनुसार नेपाल संघियता पद्दतिमा प्रवेश गरेपछिवि.स. २०७५ साल देखि पुनः जिल्ला कृषि विकास कार्यालयको संरचना, ढाँचा तथा नाम परिवर्तन भई हाल यस कार्यलय कृषि ज्ञान केन्द्र सिन्धुलीको नाम हाम्रो भनाई

सूचना तथा समाचार
अन्य